चार वर्षअघि बीमा व्यवसायमा छिरेकी सिता थापा आइएमई लाइफ जम्दै, बीमा व्यवसायमा जम्दै रमाउने धोको

रिना खत्री
२८ जेष्ठ २०७९, शनिबार १२:३१

काठमाडौं । नेपाल लाइफबाट बीमा अभिकर्ता पेशा सुरु गरेकी सिता टण्डन थापा हाल आइएमई लाइफ इन्स्योरेन्समा आवद्ध छिन् । चार वर्ष पहिले जीवन बीमा पेशामा आबद्ध भएकी थापाले छोटो समयमा नै एमडिआरटी व्यवसायिक अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्ममा पुगिसकेकी छिन् ।

आफनौ अर्गार्निक र्फाम हाउस संचालन गरिरहेकी थापा केही बर्ष अघिदेखि साथीको सल्लाहमा बीमा अभिकर्ता पेशामा प्रवेश गरेकी थिईन् । अहिले सिता आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सी म्यानेजरका रुपमा काम गर्दै आएकी छिन् ।

तीन बर्ष पहिले नेपाल लाइफमा काम गरेर आइएमई लाइफमा प्रवेश गरेकी सिताले आइएमई लाइफमा आएपछि आफमा ठूलो परिवर्तन पाएको अनुभव सुनाउछिन् । नेपाल लाइफमा हुँदा चार हजार रुपैयाँ प्रिमियमको बीमा पोलिसी बिक्रि गर्न सिकेकोमा अहिले आइएमई लाइफमा आएर सात लाख रुपैयाँको बीमा पोलिसी बिक्रि गर्न सक्ने क्षमता आफूमा विकास भएको उनी बताँउछिन् । यो सबै कम्पनीले दिने तालिम, उत्प्रेरणाले नै सम्भव रहेको उनको अनुभव छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रिमियम बुझाउन जाँदा अभिकर्ताहरुले गर्ने सेवाको बारेमा राम्रो लागेर यस पेशामा प्रेरित भएकी सिता हाल आइएमई लाइफमा एक सफल बीमा अभिकर्ताको रुपमा काम गरिरहेकी छिन् । सुरुवाती चरणमा परिवार र इष्टमित्रबाट बीमा गराएर सुरुवात गराएकी सिता बाहिर गएर बीमा बुझाउन निकै नै मुस्किल परेको बताँउछिन् ।

 

बीमा अभिकर्ताको काम भनेको बीमा बारे बुझाउने नै हो । कतिपय बीमाको ज्ञानको कमी भएको कारण अभिकर्ता आफ्नै लागि आईरहेको छ, भन्ने बीमितहरुलाई बुझाउन निकै नै ग्राहो पर्ने गरेको गुनासो उनले सुनाईन् ।

उनले ठूलो बीमा पोलिसी भन्दा स–सानो बीमा पोलिसीमार्फत बीमा गराएर बीमाको स्थायीत्व चाहेको बताउँछन् छिन् । ‘म निम्न परिवारमा बीमा गराँउन रुचाँउछु । आज कमायो महिना दिनलाई पुग्छ । म त्यस्तो बीमितहरुलाई टार्गेट गरेर बीमा गराउन रुचाँउछु,’ उनले भनिन् ।

बीमाको दीगोपनाबारे राम्रो ज्ञान हासिल गरेकी थापा भन्छिन्, ‘निम्न वर्गीय समूहका बीमितलाई नै मैले बीमा गराउने टार्गेट गुप्रमा लिएको हुन्छु, बीमा गराउँदा, त्यस्तो परिवारलाई भावि जोखिम र बचत दबैको आवश्यक रह्ने हुँदा म बिशेष निम्न परिवारलाई नै बीमा गराँउदा अग्रस्थान राख्दछु ।’

आम मानिसहरुले बीमालाई उज्यालो पक्षले भन्दा पनि अध्यारो पक्षले बुझ्ने गरेको थापा बताउँछिन् । मानवीय जीवनमा जोखिमहरु धेरै छन्, तर आम मानिसहरुलाई आफ्नो जीवनको मुल्य भन्दा पनि सम्पत्तिको मुल्यलाई बढी प्राथमिकता दिने गर्छन् । तीनै मानिसहरु जो बीमा के हो र यो केका लागि भन्ने कुरामा नै जानकार छैनन्, ती मानिसहरुलाई बीमाको आवश्यकता बुझाउनको लागि म यो पेशामा प्रवेश गरेकी हुँ, थापाले बताईन् ।

‘बीमा अभिकर्ता पेशा एक सामाजिक पेशा हो, म यो पेशामा लाग्नु पूर्व म विभिन्न संस्थाहरुमा पनि आवद्ध थिएँ, थापाले बीमा अभिकर्ता पेशालाई यसरी परिभाषित गरिन् । उनले बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गरेपछि पहिलो बीमा आफ्नै साथिको गराएकी थिईन् । पहिलो बीमा गराउदाँ खासै गाहे नभएको उनले बताईन् ।
कसैको हातबाट पैसा लिनु भनेको सानो कुरा हैन्, यो पेशामा धेरै चुनौति रहेका छन्, उनले भनिन् । आज पनि समाजमा बीमालाई हेर्ने दृष्टिकोण नै फरक रहेको छ । ‘आम मानिसहरुलाई थाहा छ कि आफ्नो जीवनमा जोखिम छ तर पनि उनीहरुले हामी अभिकर्ताहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको पाईन्छ, उनले भनिन् ।

बीमा गर्ने प्रस्ताव लिएर जादाँ ग्राहकहरु बीमा बुझ्नै चाहँदैनन्, उनीहरुले बीमालाई हेर्ने दृष्टिकोण नै फरक छ । ‘बीमालाई अध्यारो पक्षले बुझ्ने गर्छन्, उज्यालो पक्षले होईन ।’ बीमितहरुले गर्ने व्यबहारले त दुःख लाग्छ नै तर पनि आफ्नो काम नै त्यहि हो, उनीहरुलाई बीमा बुझाउनु नै पर्छ उनले भनिन् ।

घरमा परिवारमा एकजनाले बीमा गराएको छ भने सबैको त्यसैमा बीमा भएको छ भनेर बुझ्ने र सोच्ने प्रवित्ति अझै पनि रहेको बताउँदै एजेन्सी म्यानेजर थापाले जीवन बीमाको बारेमा व्यापक जनचेतनाको जरुरी भएको बताए । बीमा बारे बुझाउन धेरै नै ग्राहो छ ।

त्यसैले सहनशिलता, धैर्यता, मिलनसार, सबैमा घुलमिल हुने जस्ता गुणहरु एउटा बीमा अभिकर्तामा हुनुपर्दछ । बीमा अभिकर्ता एउटा यस्तो सामाजिक काम हो, जसले प्रत्येक मानिसहरु माथि आई पर्ने जोखिमलाई बीमाद्धारा कम गर्ने गर्दछ । थापाले बताईन् ।

‘मान्छेको जीवनको त बीमा हुँदैन्, उसको आम्दानीको बीमा हुने हो, त्यसैले बीमा बचत होईन् यो जोखिमको रक्षावरण गर्ने एक पाटो मात्र हो ।’ सीता भन्छिन् ‘बीमाको फाइदा भनेको नै जोखिमको रक्षावरण हो ।’

तपाईले यदि बीमा गर्नु भयो भने, तपाईको आम्दानीको रकम बचत हुन्छ, आवश्यक परेको बेलामा कर्जा निकाल्न सकिन्छ, साथै जोखिम पनि कभर गर्छ, यीनै कुराहरुलाई समेटेर म बीमितलाई बीमा बुझाउने गर्छु, उनले बताईन् । ‘कुनै पनि बीमितले बीमाको अरु फाइदालाई हेर्नु भन्दा पनि जोखिमको पाटोलाई हेर्नु पर्ने हुन्छ ।’

बीमा समितिले नियम कानुन ल्याईदिने हो र बीमा कम्पनीहरुले त्यसको कार्यान्वयन र अवलम्वन गर्ने, सीता भन्छिन्, ‘बीमा व्यवसायले लामो ईतिहास पार गरेता पनि अझै पनि बीमाले सबै समुदायलाई समेट्न सकेको छैन् । आम मानिसहरुलाई बीमाको पहुँचमा ल्याउनको लागि सबैभन्दा बढी महत्वपूर्ण भुमिका भने बीमा अभिकर्ता कै हुने गर्दछ । एउटा बीमा अभिकर्ता नै सबै समुदाय, समुदाय, तह र तप्काका मानिसहरुलाई बीमाको दायरामा ल्याउन सफल हुन्छ ।’

बीमा बारेमा आम मानिसलाई बुझाउँन सक्ने भनेको अभिकर्ताहरु हो, कानुनको तहमा रहेका नियामक निकायहरुले हामी बीमा अभिकर्ताहरुलाई सशक्तिकरण गर्दै विभिन्न खालका तालिम लगायतका कुराहरुमा जोड दियो भने अभिकर्ताहरुले रातारात बीमा व्यवसायमा कायपलट पनि गर्न सक्छन्, सीता बताउँछिन् ।

उनी भन्छिन्, बीमा कम्पनीहरुले आफ्नो कम्पनीमा आवद्ध रहेका बीमा अभिकर्ताहरुलाई आधिकारीक रुपमा काम गर्ने मान्छे हो भन्ने चिनारी दियो भने हामी अभिकर्ताहरुलाई समाजमा हेर्ने दृष्टिकोण पनि सकारात्मक हुने उनको भनाई छ । ‘कम्पनीहरुले आफ्नो कम्पनीमा आवद्ध रहेका अभिकर्ताहरुलाई आफ्नो कम्पनीको कर्मचारीको चिनारी दिन आवश्यक छ,’ एजेन्सी म्यानेजर थापा भन्छिन् ।

‘बीमा अभिकर्ता बीमा कम्पनी र बीमितको बीचमा मध्यस्थकर्ताको रुपमा रहेर काम गर्ने व्यक्ति हो । कम्पनीको तलबी कर्मचारीको रुपमा काम गर्ने नभई निश्चित कमिशनको आधारमा काम गर्ने व्यक्ति नै बीमा अभिकर्ता हो’ उनले बताईन् ।

हुन त सीताले बीमा अभिकर्ता पेशामा आवद्ध भए पछि धेरै संघर्ष गर्न नपरेको पनि होईन । आफ्नो लगनशिलता, मेहेनत र संघर्षले गर्दा आज उनी एक सफल बीमा अभिकर्ताको रुपमा अगाडि बढ्दै गईरहेकी छिन् । ‘मैले कहिलै हिम्मत हारिनन् र हार्दिनन् पनि यही पेशालाई नै निरन्तरता दिदै जाने छु ।’ एक सफल बीमा व्यवसायी बनेर समाज परिवर्तनको दृढ लक्ष्य लिएर अघि बढरहेकी सिता थापाको आगामी यात्रा भविष्यमा यही पेशामा बेस्सरी जमेर रमाउने रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*