राष्ट्रिय सभाको निर्वाचनमा ९९.३२ मत खस्यो, मतपरिणाम आजै आउने
११ माघ २०८०, बिहीबार १६:३५

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा कुल ९९.३२ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार झण्डै शतप्रतिशत मत खसेको हो ।
बिहीबार विहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो । सातै प्रदेशमा मतदान सकिएपश्चात मतगणना जारी छ । प्रवक्ता पौडेलका अनुसार बिहीबारै निर्वाचनको परिणाम आउनेछ ।













