सुर्ती, चुरोट र मदिरामा स्वास्थ्य कर लगाइने

९ जेष्ठ २०८२, शुक्रबार १३:१४

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई सुर्ती, चुरोट र मदिरामा स्वास्थ्य कर लगाइने भएको छ।

आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मा स्वास्थ्य बीमाको हालसम्म सिर्जित दायित्व भुक्तानी गर्ने र स्वास्थ्य बीमाको बढ्दो भारलाई सम्बोधन गर्न स्वास्थ्यमा हानी गर्ने सुर्ती, चुरोट, मदिरामा स्वास्थ्य कर लगाएर बीमा कोषमा जम्मा गर्न निर्देशन दिइएको हो।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अर्थ मन्त्रालयलाई जिम्मेवार निकाय तोकिएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अनुगमन र सहजीकरण गर्ने उल्लेख गरिएको छ।

साथै १ वर्षभित्र कर लागू गर्न र त्यसपछि त्यसलाई निरन्तरता दिने प्रतिवेदनमा उल्लेख गरिएको छ।

यसो गरेमा सिर्जित दायित्व भुक्तानी हुने, स्वास्थ्य कर लागू हुने, बीमा प्रिमियम संकलन बढ्न गई प्रतिफलयुक्त क्षेत्रमा उक्त रकम लगानी हुने बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*