सिंहदरबारभित्र कर्मचारी आन्दोलित, मन्त्रालयमा धर्ना

११ जेष्ठ २०८२, आईतवार १२:०१

काठमाडौं । संघीय निजामती सेवा सम्बन्धी प्रस्तावित विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि धर्ना दिएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित भएको सो विधेयकले कर्मचारीका हक–हितको ख्याल नगरेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।

सेवाअवधि पुगेका कर्मचारीलाई बढुवा पाउन ७ वर्ष कुर्नुपर्ने प्रावधानलाई ५ वर्षमा झार्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एकपटक छनोटको अवसर दिनुपर्ने माग प्रमुख रहेका छन्।

आन्दोलनमा नासु र खरिदार तहका कर्मचारीहरूको उपस्थिति बढी रहेको छ।

अन्तरप्रदेश सरुवाको व्यवस्था गरिनु पर्ने र संघ, प्रदेश तथा स्थानीय तहका सबै कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र समेटिनु पर्ने माग राखेका छन्।

विधेयकले कर्मचारीको मनोबल घटाउने भएकाले आफूहरूको माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

यता मुख्यसचिव र सचिव तहका कर्मचारीहरू भने २ वर्षे ‘कुलिङ पिरियड’ हटाउनुपर्ने माग सहित दौडधूप गरिरहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*