तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी

१४ जेष्ठ २०८२, बुधबार १३:२३

काठमाडौं । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी भएको छ।

आगो बुधबार बिहान करीब साढे २ बजे विद्युत सर्ट भएर लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणमा लिन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवा लगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*