बीमा प्रदायक दुबै सरकारी संस्थान नाफामा, कुनको कति ?
१५ जेष्ठ २०८२, बिहीबार १५:१२

काठमाडौं । सरकारको स्वामित्व रहेका दुई बीमा सेवा प्रदायक संस्थानहरु नानाफामा रहेका छन् । नेपालमा सञ्चालित राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनी दुबै नाफामा रहेका छन् ।
चालु आर्थिक वर्षमा राष्ट्रिय जीवन बीमा कम्पनीको १५ लाख ६७ हजार रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ६२ लाख ७३ हजार रुपैयाँ रहेको छ । सरकारले आम नागरिकहरुलाई सरल र सुलभ मूल्यमा बीमा सवा प्रदान गर्ने उद्देश्यले यी संस्थानहरुको स्थापना गरेको थियो ।













