चालु आर्थिक वर्षमा साढे १६ खर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान

१५ जेष्ठ २०८२, बिहीबार १५:२७

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष १६ खर्ब ६२ अर्ब रुपैयाँ खर्च हुने संशोधित हुने बताएका छन् ।

उनले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा विनियोजनको ८९।४ प्रतिशत बजेट खर्च हुने बताए ।
उनका अनुसार चालुतर्फ ८८।५, पुँजीगततर्फ ८३।४ र वित्तीय व्यवस्थापनतर्फ ९७।६ प्रतिशत बजेट खर्च हुने अनुमान
गरेको बताए। अर्थ मन्त्रालयले १२ खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा १७।१ प्रतसिशत धेरै हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*