हिमालयन बैंकको एफपीओ बाँडफाँड, ९ लाख २५ हजारले हात पारे शेयर
काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले आज ९ बजे एफपिओ बाँडफाँट गरेको हो। बैंकले प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशन गरेको थियो। यसमा कुल १८ लाख २५ हजार ९२२ जनाले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको छ। भाग्यमानी ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन्। यसरी बाँडफाँड गर्दा बाँकी रहेको ९ कित्ता शेयर सोही लगानीकर्ताहरुमध्ये २० कित्ताका लागि आवेदन दिनेहरुमा बाँडफाँड गरिएको छ। यस अनुसार ९ जनाले थप एक कित्ता अर्थात ११ कित्ताका दरले शेयर हात पारेका छन्। यसरी हेर्नुहोस् हिमालयन बैंकको एफपीओको नतिजा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed