सुधारिंदै लघुवित्तको वित्तचित्रः खुद नाफा १४३ प्रतिशतले बढ्यो, ईपीएसको अवस्था कस्तो?

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/८२ सकिएसँगै लघुवित्त कम्पनीहरूले धमाधम आफ्नो गत आवको चौथो (अन्तिम) त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन्। चार दर्जनभन्दा बढी लघुवित्त कम्पनीमध्ये २० वटा कम्पनीले भने आफ्नो वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। तिनै २० वटा कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी (ईपीएस) केलाउँदा कम्पनीहरूको वित्तीय अवस्था बलियो बन्दै गइरहेको पाइएको हो। २० वटा लघुवित्त कम्पनीहरूले गत आवको अन्त्यसम्म १ अर्ब ५९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन्। जबकी अघिल्लो आवको अन्यसम्म यिनै कम्पनीहरूले जम्मा ६५ करोड ३८ लाख रुपैयाँ मात्रै खुद नाफा गर्न सकेका थिए। यसरी एक आवमै कम्पनीहरूको खुद नाफा १४३.८७ प्रतिशतले बढेको तथ्यांकले देखाएको हो। अघिल्लो वर्ष खुद नाफा ऋणात्मक भएका कम्पनीहरूले समेत सुधार गरेर नाफा कमाउन सफल भएका छन्। हिमालयन लघुवित्त, उन्नती सहकार्य लघुवित्त र उपकार लघुवित्तको खुद नाफा अघिल्लो आव ऋणात्मक भए तापनि गत आव धनात्मक भएको छ। यी २० कम्पनीमध्ये गत आवमा सर्वाधिक खुद नाफा कमाउने कम्पनीमा आशा लघुवित्त अग्रस्थानमा रहेको छ। कम्पनीले २० करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। त्यसैगरी दोस्रोमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १३ करोड १७ लाख रुपैयाँ, सीवाईसी नेपाल लघुवित्तले ११ करोड ७४ लाख रुपैयाँ, कालिका लघुवित्तले १० करोड ८० लाख रुपैयाँ र आरएसडीसी लघुवित्तले १० करोड ३१ लाख रुपैयाँ खुद … Continue reading सुधारिंदै लघुवित्तको वित्तचित्रः खुद नाफा १४३ प्रतिशतले बढ्यो, ईपीएसको अवस्था कस्तो?