होटल फरेष्ट इनको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल
८ फाल्गुन २०८२, शुक्रबार १०:४४

काठमाडौं । हालै सर्वसाधारणमा आईपीओ जारी गरेको होटल फरेष्ट इन लिमिटेडको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ।
शेयर रजिष्ट्रार नियुक्त भएसँगै होटल फरेष्ट इनको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम एनआईसी एशिया क्यापिटलले गर्नेछ।
यस्ता कार्यहरू फागुन १० गते आइतबारदेखि एनआईसी एशिया क्यापिटलबाट हुने कम्पनीले जानकारी दिएको छ। एनआईसी एशिया क्यापिटलको मुख्य कार्यालय काठमाडौंको थापाथली–११ स्थित ट्रेड टावर भवनमा रहेको छ।












