चुनाव तयारीबारे बुझ्न प्रधानमन्त्री कार्की मुस्ताङमा

८ फाल्गुन २०८२, शुक्रबार १२:४९

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन तयारीबारे बुझ्न शुक्रबार मुस्ताङ पुगकी छन्।

मौसमका कारण हिमाली बस्तीमा फागुन २१ गते निर्वाचन गर्न नसकिने चर्चाबीच प्रधानमन्त्री कार्कीले उक्त क्षेत्रको अवलोकन गरेकी हुन्। शुरूमा प्रधानमन्त्री कार्कीले मौसमका कारण चरणवद्ध रूपमा भए पनि हिमाली भेगमा निर्वाचन सम्पन्न गर्ने धारणा दिएकोमा पछि भने एकैपटक चुनाव गराउने बताएकी छन्।

उनले मुस्ताङका स्थानीय बासिन्दाहरूसँग अन्तर्क्रिया गर्नुका साथै सरकारी अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारीबारे जानकारी लिएकी छन्। उनले मुक्तिनाथ मन्दिरको दर्शन समेत गरेकी छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*