युनाइटेड अजोडको हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति तय

८ फाल्गुन २०८२, शुक्रबार १२:५३

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ। कम्पनीको २०८१ माघ ५ गते बसेको सञ्चालक समितिको ७६औँ बैठकले सो निर्णय गरेको हो।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले १०० कित्ता शेयर बराबर १० कित्ता ९१०स्१० को अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

हकप्रद शेयर निष्कासनको प्रयोजनका लागि कम्पनीले आगामी २०८१ फागुन १७ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ, फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यो हकप्रद शेयरका लागि आवेदन दिन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*