स्रोत नखुलेको साढे ११ लाख रुपैयाँ सहित एकजना पक्राउ
८ फाल्गुन २०८२, शुक्रबार १४:२५

काठमाडौं । स्रोत नखुलेको ११ लाख ५१ हजार ३०० रुपैयाँ सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–७ बस्ने गौतम साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको प्रहरीले पारेखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र ०२–००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार साहलाई नगद सहित फेला पारी पक्राउ गरेको हो।












