आईपीओ निष्काशनको अनुमति माग्दै संयुक्त उर्जाले दियो सेबोनमा निवेदन
८ फाल्गुन २०८२, शुक्रबार १६:१९

काठमाडौं । संयुक्त उर्जा लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ। कम्पनीले फागुन ५ गते सेबोनमा निवेदन दिएको हो।
कम्पनीले ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको हो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।












