कालोसूची प्रावधानको समीक्षा, व्यवसायीलाई सहयोग दिने दिशामा राष्ट्र बैंकः गभर्नर पौडेल

काठमाडौँ । गर्भनर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबारमा कालोसूचीमा पर्ने प्रावधानबारे गम्भीर अध्ययन गरिरहेको बताएका छन्। पर्सामा आयोजित कार्यक्रममा उनले चेक बाउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा समेत विचार भइरहेको जानकारी दिएका छन्।
उनले भने, ‘कालोसूचीमा राख्ने सूची छोटो कसरी बनाउने भन्ने विषयमा ध्यान दिइरहेका छौं। धेरैले चेक बाउन्स वा ऋण नफिर्ता गर्दा कालोसूचीमा पर्नु परिरहेको देखिएको छ।’ उनले स्पष्ट पारे, ‘कालोसूचीमा राख्नुपर्ने र नराख्नुपर्ने व्यक्तिहरूको विभाजन विस्तारमा हेरिरहेका छौं।’
गर्भनर पौडेलले अत्यधिक कडाइ वा सजायको उपायले मात्र व्यापार र मुलुकको प्रगति नभएको बताए। ‘व्यवसाय भनेको कलेज पढेपछि मात्र नभई विभिन्न चुनौती र अनुभवको सामना गरेर अघि बढ्ने प्रक्रिया हो। व्यवसायीलाई गाली गरेर विकास संभव छैन, उनीहरूलाई प्रवर्द्धन गरेर अघि बढाउन आवश्यक छ,’ उनले भने।
साथै, व्यवसायमा एकपटक गल्ती गर्नेले पनि दुःख भोग्न नपर्ने बताउँदै, डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि उद्योगलाई प्रोत्साहन गर्ने नीति जारी रहेको जानकारी दिए।












