संसद बिघटन बदर गर्ने सर्वोच्चको फैसला

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने २०७७ साल पुस ५ गतेको फैसला बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशको फैसला सुनाउँदै प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराले संसद बिघटन गर्ने निर्णय बदर गरिएको फैसला सुनाएका छन् ।...

आन्तरिक राजश्व विभागको महानिर्देशक बने सह–सचिव आचार्य

काठमाडौं । सरकारले आन्तरिक राजश्व विभागका महानिर्देशकको जिम्मेवारी झक्कप्रसाद आचार्यलाई सुम्पिएको छ । देशैभरिका कर कार्यालयहरुलाई एक मात्र विभागको प्रमुखको रुपमा आचार्यलाई सरुवा गरेको हो । अर्थमन्त्रालयकै वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहेका सह–सचिव आचार्यलाई आन्तरिक राजश्व विभाग प्रमुखको...

ओली सरकारसँग वार्ता गर्ने बिद्रोही नेकपाको निर्णय, बिप्लवमाथिको प्रतिबन्ध हटाइदै

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले ओली सरकारसँग वार्ता गर्ने निर्णय गरेको छ । सो पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवले आज बिज्ञप्ति प्रकाशित गरी सरकारसँग वार्ता गर्न तयार रहेको जनाएको हो । महासचिव बिप्लवद्वारा जारी बिज्ञप्तिमा सरकारले सार्वजनिक...

मन्त्रिपरिषदद्वारा १६ सचिवको सरुवा, अख्तियारदेखि निर्वाचन आयोग समेतमा हेरफेर

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत बिहिबार बसेको बैठक १६ जना सचिवको सरुवा गरेको छ । नयाँ सरुवासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयदेखि निर्वाचन आयोग र उपराष्ट्रपति कार्यालयसमेतका सचिवहरुको सरुवा भएको छ । गत बिहिवारको निर्णय सोमबार प्रमाणिकरण गरिएको...

जनकपुरधाममा तीन दिने महिला हस्तकला मेला सुरु

जनकपुरधाम । जनकपुरधाममा महिलाहरुको उत्थान तथा सीप प्रबद्र्धन गर्ने उद्देश्यले तीन दिने मेला प्रदर्शनी शुरु भएको छ । महिलाहरूको सीप तथा कलालाई प्रवद्र्धधन गर्ने र यसको प्रचारप्रसारलाई समेत बढावा दिने उद्देश्यले आइतबार देखि जनकपुरधाममा भोलिसम्म महिला हस्तकला मेला तथा...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । त्यस्तै खाना पकाउने ग्याँसको मूल्य समेत बृद्धि गरिएको छ । कोरोना महामारीले थलिएका जनतालाई महंगीका भार थोपिएको हो । सरकार नियन्त्रित नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने...

रातारात नदीको धार नै परिवर्तन गरेर सुनकोशी दोहन

व्यवसायीहरुले जथाभावी रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्न सिन्धुली जिल्लातर्फ हुँदै बग्ने सुनकोशीको धार नै परिवर्तन गरेका छन् । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका र रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको बीच सिमाना भएर बग्ने सुनकोशी नदीलाई सिन्धुलीका क्रसर व्यवसायीहरुले कोशीको...

शनी सुनारको बेबी आइलभयू रिलिज

मकवानपुर, ३० फागुन । बारा आइडल शनी सुनारको बेबी आइलभयू बोलको म्युजिक भिडियो रिलिज भएको छ । कलेज नेपालको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई चर्चित निर्देशक टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । विकास पाण्डेको शब्द र संगीत...

मुख्यमन्त्री डोरमणि पौडेलको मोतिबिन्दुको शल्यक्रिया

हेटौंडा – प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । आइतबार हेटौंडास्थित सामुदायिक आँखा अस्पतालमा डाक्टर सन्दुक रुइतले पौडेलको देब्रे आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरेका हुन् । ५ मिनेटमै उनको शल्यक्रिया सम्पन्न भएको थियो । बिहान ११...

राक्सिराङको दुई घरबाट डेढसय किलो गाँजा बरामद

हेटौंडा– ३ नं. प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयूक्त प्रहरी टोलीले १ सय ५२ किलो लागूऔषत गाँजा बरामद गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. २ सुनारीसौडास्थित केही घरगोठहरुमा लागूऔषध गाँजा लुकाएर राखेको अवस्थामा उक्त...