शिखर नगरपालिका-१ का अध्यक्ष बोगटी प्रहरी थुनामा नै बेहोस भएपछी….

१६ बैशाख २०८२, मंगलवार २०:५४

काठमाडौँ । डोटीको दिपायलस्थित चर्चित वर्षा होटलमा सोमबार राति शिखर नगरपालिका–१ का वडाध्यक्ष दीपक बहादुर बोगटी र कांग्रेस निकट युवा शुभम बोगटीबीचको झगडाले उग्र रूप लिँदा वडाध्यक्ष थुनामै बेहोस भएका छन्।

विवाद सोमबार राति होटल वर्षामा सुरू भएको हो, जहाँ वडाध्यक्ष बोगटी र शुभमसहितको टोली बसेको थियो। सामान्य भनाभनले उग्र रूप लिँदै गएपछि शुभमले रिसको झोकमा वडाध्यक्षमाथि पानीको बोतल प्रहार गरेका थिए। झगडा बढेपछि वडाध्यक्ष बोगटीले शुभमलाई इलाका प्रहरी कार्यालय दिपायलमा बुझाएका थिए।

तर, शुभम कांग्रेस निकट भएकाले राति नै राजनीतिक दबाबमा छुटाइए। कांग्रेस जिल्ला सभापति नरेन्द्रसिंह र दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसी खड्का इलाका प्रहरी कार्यालय पुगेपछि राति साढे १० बजे शुभमलाई थुनामुक्त गरिएको थियो।

शुभमलाई आफ्नो जानकारीबिना र सहमति नलिई छाडिएकोमा वडाध्यक्ष बोगटी आक्रोशित बनेर मंगलबार जिल्ला प्रहरी कार्यालय सिलगढी पुगेका थिए। उनी त्यहाँ थप उजुरी दर्ता गर्न गएका थिए। तर, प्रहरी प्रशासनले उल्टै उनलाई नै नियन्त्रणमा लियो। थुनामा राखिएको केही समयमै वडाध्यक्ष बोगटी बेहोस भएका थिए।

जिल्ला प्रहरी कार्यालय डोटीका एसपि बिनोद शर्माले समेत दिपकलाई थुनेको स्वीकार गरे । उनले भने,’राति आपस झै–झगडापछि शुभम र दिपकलाई इलाका प्रहरी कार्यालय दिपालयमा राति १० बजे गएका थिए ।सो पश्चात इलाकाले अध्यक्ष भएका कारण दिपकलाई छोडेको र शुभमलाई बिहान ४ बजेसम्म भित्रै राख्ने सहमति भएको रैछ । तर, कांग्रेस जिल्ला सभापति नरेन्द्र सिह र दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सि खड्का आएका राति साढे १० तिर नै शुभमलाई छुटाए ।’

वडा अध्यक्ष दिपक बिहान जिल्ला प्रहरी कार्यालय आइसकेपछि दुबै पक्षलाई छलफलमा बोलाउनको लागि अध्यक्षलाई थुनेको एसपी शर्माको भनाई छ । ‘थप उजुरी गर्ने दिपक जिल्लामा आएको र आफुले विषय ठुलो बन्ने देखेपछि दिपकलाई थुनेर दुबै पक्षलाई छलफलमा बोलाउने तयार गरेका थियौ । तर, हटको बिरामी भएको हुँदा उँहा बेहोस हुनु भयो । सामान्य उपचारपछि धनगढी रिफर गरिएको छ ।
उनलाई धनगढीका लागि ५ बजे नै रिफर भएको हो’ शर्माले भने ।