काठमाडौं । व्यवस्थापन खर्चमा अपनाएको मितव्ययिता र जीवन बीमा कोषको प्रतिफलमुखी लगानीका कारण सबैभन्दा पछि स्थापना भएको कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाईफले तुलनात्मक रुपमा उत्कृष्ट बोनसदर घोषणा गर्न सफल भएको छ । बीमितहरुका लागि जीवन बीमा कम्पनीहरुको बोनसदर अत्यन्तै महत्वपूर्ण हुन्छ । बोनस दरकै कारण बीमितले बीमालेख परिपक्व भएप्राप्त गर्ने रकम निर्धारण हुन्छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को लागि निर्धारण गरिएको नयाँ बोनसदर बीमा समितिले स्वीकृत गरेको छ । समितिले यही असोज ७ गते महालक्ष्मी लाईफको बीमाङ्कीय मूल्याङ्कनसँगै एक्चुरी भ्यालुएशन स्वीकृत भएपछि नयाँ बोनसदर सार्वजनिक भएको हो । कम्पनीले बीमा समितिबाट स्वीकृत भई घोषणा गरेको नयाँ बोनस दरमा न्यूनतम् ४० रुपैयाँ र अधिकतम् ५२ रुपैयाँ प्रतिवर्ष प्रतिहजार रहेको छ । अझ अर्को विशेषता भनेको न्यूनतम अर्थात ४० रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस पाउने बीमा पोलिसी संख्या एक हजार २७७ वटा मात्रै रहेको छ । कूल बीमा पोलिसीमध्ये १० हजारभन्दा बढि बीमा पोलिसीले अधिकतम् दरको ५० रुपैयाँभन्दा बढि बोनस दर पाउने भएका छन् । केही कम्पनीहरुले न्यूनतम् निकै तल र केही सीमित पोलिसीलाई हुने गरी ७०–८० रुपैयाँ बोनस दर देखाउने तर व्यवहारमा लाखौं बीमा पोलिसीले ६५ रुपैयाँभन्दा बढि नपाउने गरी बोनसदर घोषणा गर्ने प्रवृत्तिलाई महालक्ष्मी लाईफले तोडेर समान जस्तै हुने गरी बोनसदर घोषणा गरेको हो । … Continue reading कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफद्वारा उत्कृष्ट बोनसदर घोषणा, अधिकांशले ५० रुपैयाँभन्दा बढि पाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed