संसदीय छानबिन समितिको निष्कर्षमा पूर्वअर्थमन्त्री निर्दोष ठहर, मन्त्रालय फर्किने सम्भावना कति ?

काठमाडौं । संसदीय बिशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिनमा बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । पूर्वअर्थमन्त्री शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन आज संसदीय विशेष समितिले सभामुख अग्नि सापकोटालाई बुझाएको बुझाउँदै निर्दोष ठहर गरेको हो । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले शुक्रबार प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटालाई प्रतिवेदन बुझाएका हुन् । पूर्वअर्थमन्त्री शर्मामाथि करको दर हेरफेर गर्न अनधिकृत ब्यक्तिको प्रवेश भएको आरोप लागेको थियो । यस विषयमा उनीमाथि प्रश्न उठेपछि गत असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन भएको थियो । शर्मामाथि छानबिन गर्न सुरुमा १० दिनको म्याद दिइएको थियो । १० दिनभित्र छानबिन गर्न समय अपुग हुने भन्दै गत साउन ५ गते सात दिन म्याद थप भएको थियो । सोही अनुसार प्राप्त समयमै छानबिन समितिले आज प्रतिनिधिसभामा अनाधिकृत व्यक्तिको प्रवेश नभएको पुष्टि गरेको हो । १७ दिन लगाएर समितिले गरेको अध्ययनमा शर्मामाथी लागेको आरोपको पुष्टि प्रमाण भेटाउन नसकेको हो । छानबिन समितिको प्रतिवेदनको निष्कर्षसँगै शर्माको अर्थमन्त्रालयमा फर्किने सम्भावना बढेको छ। बिशेष संसदीय सदस्यका अनुसार सीसीटीभी फुटेजबाहेक मन्त्रालयका सचिव मधु मरासिनी, राजस्व सचिव कृष्णहरी पुष्कर, राजस्व विभागका महानिर्देशक सहितका अन्य कर्मचारीसँगैं बयान लिएर १२९ पेजको प्रतिवेदन बुझाइएको हो । बयानमा बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको प्रवेश नभएको कसैले स्वीकार नगरेको प्रतिवेदनमा उल्लेख छ । अर्थमन्त्रालय … Continue reading संसदीय छानबिन समितिको निष्कर्षमा पूर्वअर्थमन्त्री निर्दोष ठहर, मन्त्रालय फर्किने सम्भावना कति ?