ग्रीनहिल सिटीद्धारा सेन्चुरी बैंकबाट लिएको कर्जा दुरुपयोग, बैंकिङ कसुरमा छ वर्षसम्म कैद सजाय हुनसक्ने

काठमाडौं । आफूलाई नेपालकै चर्चित हाउजिङ कम्पनी भनेर दावी गर्ने ग्रीन हिल सिटीले सेन्चुरी बैंकबाट ऋणीको नाममा प्राप्त ऋण रकम दुरुपयोग गरेको प्रमाणित भएको छ । भेषराज लोहनी अध्यक्ष रहेको ग्रीन हिल सिटी नामक कम्पनीले ललितपुरको इमाडोलस्थितको हाउजिङको १५ नम्वर घर बिक्री गर्दा त्रिपक्षिय सम्झौता गरी ऋणीसँग एक करोड तीन लाख रुपैयाँ बैंना र बैंकबाट एक करोड रुपैयाँ ऋणीको नामको ऋणसमेत लिएका थिए । त्रिपक्षिय सम्झौतामार्फत घर तयार गरी हस्तान्तरण गर्ने भन्दै २०७५ सालमा पुस २९ गते ग्रीन हिल सिटीकी सहायक मार्केटिङ म्यानेजर सुशिला दाहालले सेन्चुरी बैंकलाई पत्र लेख्दै कम्पनीको सिटिजन्स बैंकको खाता नं …….. १८३२ सिए नम्वरका खातामा जम्मा गरिदिन आग्रह गर्दै ऋणीको नाममा निकासा हुने रकम एक करोड रुपैयाँ प्राप्त हुने वित्तिकै घर फिनिसिङ गरेर हस्तान्तरण गर्ने ग्यारेन्टी गरिएको छ । २०७५ साल पुस २९ गते बैंकसँग गरेको प्रतिबद्धता अनुसार सोही दिन बैंकले ग्रीन हिल सिटीको नाममा जम्मा भएको सिटिजन्स बैंकमा रहेको खातामा रकम जम्मा गरिदिएको थियो । तर, बैंकले ग्रीन हिल सिटीकी सहायक निर्देशक सुशिला दाहालले कम्पनीको तर्फबाट गरेको प्रतिबद्धता विपरित चारवर्षसम्म कर्जा दुरुपयोग गरी ऋण प्रयोजनको लागि प्रयोग छैन ।   केही अघि उच्च अदालतमा चलेको मुद्दाको क्रममा ग्रीन हिल सिटीले सेन्चुरी बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको प्रमाणित भएको हो । ग्रीनहिल सिटीले बैंकिङ कसुर सजाय … Continue reading ग्रीनहिल सिटीद्धारा सेन्चुरी बैंकबाट लिएको कर्जा दुरुपयोग, बैंकिङ कसुरमा छ वर्षसम्म कैद सजाय हुनसक्ने