ठगी काण्डमा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लाेहनी फरार

काठमाडौं । घरजग्गा व्यवसाय गर्दै आएको ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ परेका छन् । पीडित शान्ता शर्मासँग दुई करोड तीन लाख रुपैयाँ पाँच वर्ष अघि नै लिई अहिले घर अर्कैलाई बिक्री गरेको फेला परेपछि ग्रिनहिल सिटीका निर्देशक भट्टराई पक्राउ परेका हुन् । उनलाई सिंहदरवार प्रहरी बृत्तमा पुर्याईएको छ । २०७५ साल पुस २९ गते शान्ता शर्मासँग दुई करोड तीन लाख रूपैयाँ लिई घर बिक्री गरेको कम्पनीले एक बैंकको ऋण समेत दुरूपयोग गरेको थियो । टेकुस्थित ग्रिनहिल सिटीको कार्यालयबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी आएको थाहा पाएपछि ग्रिनहिल सिटीका मुख्य सञ्चालक भेषराज लोहनी भने फरार भएका छन् । …………… अपडेटः ठगी काण्डमा पक्राउ परेका भट्टराईलाई शुक्रबार छलफल गरेर पीडितको रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि आजको लागि रिहा गरेको छ । उनीहरुले बैंकिङ कसुर सम्बन्धी अपराध गरेकोले मुद्दा चल्ने सम्भावना समेत बलियो छ ।       ग्रिनहिल सिटीको खण्डन उपरोक्त सम्बन्धमा यस ग्रिन हिल सिटी प्रा.लि. को बारेमा त्यस बिमापोष्ट (www.beemapost.com) पत्रिकामा २८ भाद्र २०७९ मा ग्रिन हिल सिटीद्वारा सेञ्चुरी बैंकबाट लिएको कर्जा दुरुपयोग, बैंकिङ कसुरमा ६ वर्षसम्म कैद सजाय हुनसक्ने’ भन्ने शिर्षक राखी र २९ मङ्सिर २०७९ मा ‘ठगी काण्डमा ग्रिन हिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लोहनी फरार’ शिर्षक राखी समाचार प्रेषित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको … Continue reading ठगी काण्डमा ग्रीनहिल सिटीका निर्देशक ठाकुर भट्टराई पक्राउ, लाेहनी फरार