काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गर्न लागेको साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने र संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप बलियो बनाउने उल्लेख गरेका छन् । तर, सरकारको यस्तो निर्णय गर्भमै रहेका बेला सरकारी लगानीको नेपाल बैंकमा भने सरकारी मानिसहरुकै मिलेमतोमा कोर बैंकिङ सफ्टवयर जडानमा घोटालाको प्रयास गरिएको छ । बैंकले यही जनवरी २ तारिख अर्थात पुस १८ गते अन्तर्र्राष्ट्रिय टेण्डर आह्वान गरेको छ । उक्त सो टेण्डरमा उल्लेख गरिएको शर्तनामा अनुसार नेपाल बैंकले आह्वान गरेको वेभमा आधारित कोर बैंकिङ सफ्टवयर आपूर्ति गर्न नेपाली आईटी कम्पनीहरुले पाउने छैनन् । अर्थात विदेशी नै हुनुपर्दछ । नेपालमा नाम चलेका बैंकहरुमा वेभमा आधारित कोर बैंकिङ सिष्टम् आपूर्ति गर्दै आएका छन् । तर, नेपाल बैंकले नेपाली कम्पनीहरुलाई प्रतिस्पर्धा नै गर्न नदिएर विदेशी कम्पनी खोज्नुले उनीहरु सेटिङमा रहेको प्रष्ट हुन आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र अध्यक्ष गंगा प्रसाद ज्ञवालीले सेटिङमा कोर बैंकिङ सफ्टवयर जडान गर्ने तयारी गरेका छन् । करिब १० करोड पर्ने वेभमा आधारित कोर बैंकिङ सिष्टम जडान गर्न नेपाली कम्पनीलाई प्रतिस्पर्धा गर्न नदिने विदेशी कम्पनीलाई योजनाबद्ध रुपमा तयारी अवस्थामा रहन लगाएर यस्तो सेटिङ गर्न लागेका हुन् । बैंकले यही पुस १७ गते प्रकाशित गरेको आशयपत्र माग सम्बन्धी सूचनामा स्वदेशी तथा विदेशी कम्पनीले प्रतिस्पर्धा गर्न पाउने … Continue reading नेपाल बैंकमा कोर बैंकिङ सफ्टवयरमा घोटालाको प्रयास, सिईओ र अध्यक्षको सेटिङमा विदेशी सफ्टवयर जडान प्रक्रिया अघि बढाइदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed