डोटीस्थित सरस्वती माविका विद्यार्थीले पाए शैक्षिक तथा अध्ययन सामाग्री

काठमाडौं । डोटीको केआईसिँह गाँउपालिकास्थित सरस्वती माध्यमिक बिद्यालयका विद्यार्थीहरुले शैक्षिक तथा अध्ययन सहयोग सामाग्री पाएका छन् । नेपाल–नर्वे जनसम्पर्क समाजका अध्यक्ष तथा युवा नेता जितेन्द्र बिक्रम शाहीको उपस्थितीमा हेल्पिङ ह्याण्ड्स फर नेपाल–नर्वेले एक औपचारिक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्रि वितरण गरेको हो । बिद्यालयका १० जना जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा अब्बल रहेका बिद्यार्थीहरुले शैक्षिक सामग्री पाएका हुन् । बिद्यालयले विभिन्न राष्ट्रिय देखि अन्तराष्ट्रिय संस्थाहरुबाट विद्यार्थीहरुको सहजताको लागि छात्रबृद्धि तथा शैक्षिक सामाग्रि वितरणको लागि पहल गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक मिन बहादुर राणाले उक्त सहयोगले विद्यालयका जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको अध्ययनमा सहयोग पुुग्ने बताए । साथै, उनले हेल्पिङ ह्याण्ड्स फर नेपाल नर्वेका अध्यक्ष बिनोद बस्याल र  विद्यालयका भुतपुर्व विद्यार्थी जितेन्द्र बहादुर शाहीलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । नेपाल–नर्वे जनसम्पर्क समाजका अध्यक्ष तथा युवा नेता जितेन्द्र बिक्रम शाहीले आफु अध्ययन गरेको र आफ्नो बाल्यकाल बितेको बिद्यालयलाई आफु आवद्ध रहेको संस्थाबाट अध्ययन सामाग्रि वितरण गर्न पाउदा खुशी महशुस भएको बताएका छन् । साथै उनले हेल्पिङ ह्याण्ड्स फर नेपाल–नर्वे संस्थाले नेपालमा रहेका विभिन्न विद्यालयका जेहेनदार, गरिब तथा आर्थिक स्थिति कमजोर भएका बिद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गर्दै आएको बताए । कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा केआई सिँह गाँउपालिका वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष … Continue reading डोटीस्थित सरस्वती माविका विद्यार्थीले पाए शैक्षिक तथा अध्ययन सामाग्री