विवादित नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा
काठमाडौं । नेशनल पेमेन्ट गेटवे खरिदमा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा विवादित नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर भएको हो । सचिव मधुकुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवं राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मासहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । उच्च पदस्थसँग राम्रो सम्बन्ध भएका पौडेल राजनीतिक नेतृत्वलाई रिझाउन सक्ने व्यक्ति हुन । विवादास्पद छबिका पौडेल विभिन्न सूचना प्रविधिसम्बद्ध आयोजनाहरुमा एजेन्टमा रुपमा काम गर्दै आएका थिए । सुनिल पौडेल तत्कालिन सञ्चाल मन्त्री गोकुल बाँस्कोटा र सेक्युरिटी प्रिन्टिङ प्रेसको अनियमितता प्रकरणमा मुछिएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल निकट पनि मानिन्छन ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed