इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे जेल जाने, छायाँ सेन्टरको छानविन घेरामा अन्य को-को ? (सूचीसहित) 

काठमाडौं । बालुवाटार जग्गा काण्डमा व्यक्तिका नाममा दर्ता भएको जग्गाहरु हाल सरकारीकरण भइसकेको छ । गत साता मात्रै ४२ वर्ष पहिले चौधरी ग्रुपले कब्जा गरेको बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा पनि सरकारको नाममा आइसकेको छ । अब पालो वहुचर्चित ‘थँ वहिल’ अर्थात ठमेलको छायाँ सेन्टरको । बाँसवारी छालाजुत्ताको जस्तै छानविन भएमा प्रहरीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे जेल पर्ने छन् । राणा खलक ससुरालीको सम्पत्ति हत्याएर ‘पायोनियर’बैंकरको छवि बनाएका पृथ्वीबहादुर पाँडेसहित छायाँदेवी कप्पलेक्सका ४३ बढी लगानीकर्ताहरु जेल पर्ने भएका हुन् । ऐतिहासिक गुठीको जग्गा हडपेर बनाइएको छायाँदेवी कम्प्लेक्सबारे  प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले छानविन अघि बढाउने तयारी गरेको बुझिएको छ । साविक ‘नेपाल इन्भेष्टमेन्ट बैंक’ हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष समेत रहेका पृथ्वीबहादुर पाँडे ठमेलस्थित छायाँदेवी कम्प्लेक्सका मुख्य शेयरधनी तथा संस्थापक अध्यक्ष हुन् । अहिले छायाँदेवीको मुख्य हर्ताकर्ता भने, पृथ्वीकी धर्मपत्नी प्रतिमा पाँडे(राणा)हुन् । छायाँदेवी कम्प्लेक्स प्रालिसहित प्रतिमा पाँडे, शंकरप्रसाद शाह, काठमाडौं महानगरपालिका र गुठी संस्थानलाई प्रतिवादी बनाई २०७१ यता १४ बढी मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन छन् । छायाँदेवी कम्प्लेक्स विवादमा सार्वजनिक सरोकार, लिखत बदर, गुठी रैतानी बदर, नक्सा पास बदर र लिखत धितोसमेत बदर माग गर्दै विभिन्न मितिमा मुद्दा दायर भएका हुन् । अधिवक्ता दीपक मिश्र र अधिवक्ता रामहरि श्रेष्ठ समेतले २०७१ बैसाख र … Continue reading इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे जेल जाने, छायाँ सेन्टरको छानविन घेरामा अन्य को-को ? (सूचीसहित)