शेयरधनीहरुको हात रित्तो बनाएको जनउत्थान सामुदायिक लघुवित्तका सीइओको तलब १४ लाख ९० हजार रुपैयाँ

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल कुमार रायले तलब भत्ता र बोनश बापत करिब १५ लाखरुपैयाँ बुझेका छन् । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सीइओ रायले आर्थिक वर्ष २०७९।८० मा १४ लाख ९० हजार ६८० रुपैयाँ बुझेका हुन् । प्रतिवेदन अनुसार कम्पनीका सीइओ रायले आधार तलब बापत ६ लाख ४५ हजार रुपैयाँ, जिम्मेवारी भत्ताबापत ६ लाख ४६ हजार ५५० रुपैयाँ, घरभाडाबापत ३६ हजार रुपैयाँ, इन्धन खर्चबापत ६९ हजार ४५० रुपैयाँ र दशै भत्ताबापत ९३ हजार ६८० रुपैयाँ बुझेका हुन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । यस वर्ष शेयरधनीहरुको हात रित्तो हुने भएको छ । जनउत्थान सामुदायिक लघुवित्तको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको ८ बुँदे निर्देशन