हुन्डाईका गाडी गुणस्तरहीन!, विर्तामोड सडकमा आफै बल्यो भेन्यू्

काठमाडौँ । कोरियाली बहुराष्ट्रिय गाडी निर्माता कम्पनी हुन्डाईको नेपालमा बिक्री वितरण भइरहेका गाडीहरु गुणस्तरहीन रहेको तथ्यले औल्याएको छ । सोमबार पूर्वी नेपालको बिर्तामोडमा बीच सडकमै हुन्डाई कम्पनीको भेन्यू ब्राण्डको गाडी आफै आगो लागेर जेलर ध्वस्त भएको छ । सडकमा गुड्दा गुड्दै आफै आलोलागि हुन थालेपछि उक्त गाडी किनेका ग्राहकहरु सशंकित हुन पुगेका छन् । नेपालमा बिक्री वितरण हुने होण्डाई कम्पनीका गाडीहरु भारतमा निर्मित भएपनि कोरियाली भनेर बिक्री वितरण हुँदै आएको छ । भारतबाट ल्याइएका होण्डाई कम्पनीका गाडीहरुमा अनेकौं कैफियतहरु भएपनि फिर्ता गर्न होण्डाईले अटेर गर्दै आएको छ भने नेपालस्थित आधिकारिक बिक्रेकता लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि चासो देखाएको छैन । सन् २००९ र २०१० जापानी कम्पनी टोयाटाले स्वचालित रुपमा एक्सिलेटर बढाउने समस्या देखिएपछि विश्वभरबाट एक करोड वटा गाडी फिर्ता गरेको थियो । नेपाली बजारमा हुन्डाईमा देखिएका अनेकौ कैफियतले फिर्ता हुने देखिएको छ । हुन्डाई गाडि खरिद गरेको ग्राहकहरुले बेला बेला भोग्नु परेको सास्तीले कम्पनीको ब्यापार समेत ओरालो लागेको छ । हुन्डाई गाडिका पाटपूर्जामा देखिएका समस्याले ग्राहकहरुको नजर अन्य गाडिमा पर्ने थालेको छ । कम्पनीको ब्यापार विस्तारै नेपाली अटो बजार सुस्त बन्दै गएको हो । अन्य ब्रान्डहरुले बजार जमाउँदै गइरहेका छन् । नेपाली बजारमा समेत हुन्डाईका गाडिहरुको माग कम हुँदै गएको छ । विर्तामोडको बिच सडकमा भएको आगजनीले ग्राहकलाई थप त्रसित बनाएको छ … Continue reading हुन्डाईका गाडी गुणस्तरहीन!, विर्तामोड सडकमा आफै बल्यो भेन्यू्