राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइराला भ्रष्टाचार काण्डमा मुछिए, तत्काल निलम्वन गर्न प्राधिकरणको सिफारिस

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ तथा वर्तमान डेपुटी सिईओ सुवास कोइराला छ करोडभन्दा बढि भ्रष्टाचार काण्डमा मुछिएका छन् ।पछिल्लो समय भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको सो काण्डमा हालका डेपुटी सिईओ कोइराला नै मुख्य दोषीको रुपमा हेरेर विस्तृत अध्ययन भइरहेको छ । उता, बीमा प्राधिकरणले समेत राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ कोइरालालाई निलम्वन गर्न सिफारिस गरेको तथ्य बीमापोष्टले फेला पारेको छ । भेरी बबई सिंचाई आयोजनामा दुई करोडको लगातमा निर्मित संरचना क्षति भएको भन्दै आठ करोड भन्दा बढि भुक्तानी दिएर भ्रष्टाचार गरेको हो । तत्कालिन सञ्चालक समिति, कामु सिईओ कोइरालासहितका सो काण्डमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्न छानविन समितिले सिफारिस गरेको खुलेको छ । भेरी बबई सिंचाई आयोजनामा भएको क्षति र राष्ट्रिय बीमा कम्पनीबाट भएको दावी भुक्तानी घोटाला काण्ड अहिले अख्तियारले गम्भिर छानविन गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेसँगै बीमा प्राधिकरणको आन्तरिक छानविनबाट राष्ट्रिय बीमा कम्पनीबाट भुक्तानी भएको रकम गैर कानुनी भएको तथ्य खुलेको थियो । बीमा प्राधिकरणको प्रतिवेदनमा कैफियत फेला परेपछि अख्तियारले गम्भिर छानविन सुरु गरेको हो । सो क्रममा अख्तियारकै छानविन प्रभावित पार्ने भन्दै अख्तियारका आयुक्त किशोर सिलवालसँग भेटघाट गर्न समेत खोजेका थिए । तर, आयुक्त सिलवालले अभियुक्तसँग भेटघाट नगर्ने बरु छानविन निष्पक्ष बनाउन निर्देशन … Continue reading राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइराला भ्रष्टाचार काण्डमा मुछिए, तत्काल निलम्वन गर्न प्राधिकरणको सिफारिस