इटहरी खनारका जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै रिलायन्स स्पिनिङ मिल्स, वातावरण मन्त्रालयको ध्यान पुगेन

काठमाडौं । नियामकको आँखामा पट्टी बाधेर सेटिङमा आइपीओ निष्कासन गर्ने लागेको रिलायन्स स्पिनिङ्ग मिल्सलाई धक्का लागेको छ । चौतर्फी दबाब र आइपीओ स्वीकृत गर्दा घोटाला भएको विषय संघीय संसदको सार्वजनिक लेखा समितिमा प्रश्न उठ्दा तत्कालका लागि कम्पनीको आइपीओ रोक्ने निर्णयमा धितोपत्र बोर्ड पुगेको हो । अब धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नआएसम्मका लागि कम्पनीलाई आइपीओ निष्कासनको अनुमति नदिइने बोर्डको उच्च स्रोतले बताएको छ । सेटिङमा जे पनि हुन्छ भनेर अघि बढी रहेको रिलायन्सको थप अर्का एक कालो कर्तुत बाहिर आइरहेको छ । सर्वसाधारणको लगानी डुबाउने खेल खेलिरहेको रिलायन्स स्पिनिङ मिल्सले स्थानियबासी समेत प्रदुषित पानी उत्सर्न गरेर जनताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गरिरहेको छ । रिलायन्स स्पिनिङ मिल्सको उद्योग रहेको कोशी प्रदेशस्थित इटहरी–१२, खनार सुनसरीमा रहेको उद्योगबाट निष्कासन हुने घातक प्रदूषणयुक्त पानीका कारण उद्योग प्रभावित क्षेत्रका सर्वसाधारणले हैरानी ब्यहोर्नु परेको छ । कारखानाबाट निष्कासन हुने प्रदुषित पानीले स्थानीयबासीहरु प्रभावित भएको र सो सम्बन्धमा गुनासो गर्दा कसैले पनि सुनुवाई नगरेको पीडितहरुले बीमापोष्ट जानकारी दिएका छन् । सो उद्योगकै कारण सुनसरीको खनार क्षेत्रमा सर्वसाधारणको कैयन विगाहा खेतीयोग्य जमीन समेत सोहि कम्पनीले गर्दा बाँझो रहेको गुनासो स्थानियहरुको छ । रिलायन्सबाट आउने दुर्गन्धित पानी सफा पानी बग्ने खोलामा मिसाउँदा खोला नै फोहोर भइ स्थानीयबासीको जनस्वास्थ्यमाथि गम्भिर असर परिरहेको इटहरी उपमहानगरपालिका वडा १२ का वडा सदस्य संजय कुमार … Continue reading इटहरी खनारका जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै रिलायन्स स्पिनिङ मिल्स, वातावरण मन्त्रालयको ध्यान पुगेन