ब्रोकर कम्पनी आफै बैंक चलाउँदै, नियमन कसले गर्ने ?
काठमाडौं । नेपालका धितोपत्र ब्रोकर कम्पनीहरु आफैले बैंक चलाउन थालेका छन् । ब्रोकर कम्पनीहरुले लगानीकर्ताहरुलाई छानी छानी असिमित क्रेडिट दिएका कारण नेपालको पुँजि बजार नै अस्तव्यस्त हुने जोखिम बढेर गएको छ । केही वर्ष पहिले पनि यसैगरी ब्रोकर कम्पनीहरुले लगानीकर्ताहरुलाई असीमित कारोबार गर्न दिएर पुँजि बजारलाई अस्तव्यस्त बनाएका थिए । उतिबेला ब्रोकर कम्पनीहरुले लगानीकर्ताहरुलाई जथाभावी क्रेडिट दिँदा हजारौं लगानीकर्ताहरु सडकमा पुगेका थिए । कतिपयले घर जग्गा बिक्री गरेर शेयर बजारमा समेत लगानी गर्न पुगेका थिए । उतिबेला पुँजि बजारमा आएको भद्रगोल अवस्थाबाट पूर्ण रुपमा मुक्ति नपाउँदै अहिले विष्णु पौडेल अर्थमन्त्री भएको मौकामा पुँजि ब्रोकर कम्पनीहरु आफैले बैंक चलाउँदै लगानीकर्ताहरुलाई असीमित क्रेडिट दिएर कारोबार गराइरहेका छन् । नेपाल धितोपत्र बोर्डका प्रबक्ता डा. नबराज अधिकारीले शेयर खरिद गर्दा २५ प्रतिशत एडभान्स लिनुपर्ने व्यवस्था रहेको र मार्जिन फाइनान्सिङ सम्बन्धी ब्रोकर कम्पनीबाट शेयरको अनुपातमा क्रेडिट पाउने व्यवस्था रहेको र सो बाहेक क्रेडिट दिएको भेटिए कारवाही हुने बताए । जम्मा दुई करोड चुक्ता पुँजि भएका ब्रोकर कम्पनीहरुले अर्बभन्दा बढि लगानीकर्ताहरुलाई क्रेडिट दिएको सम्बन्धमा जिज्ञाशा राख्दा प्रबक्ता अधिकारीले त्यसरी उधारो दिन पाउने व्यवस्था धितोपत्र बोर्डको विद्यमान ऐनमा नभएको उल्लेख गरेका छन् । हालसम्म नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको ध्यान नगएको यसतर्फ तत्काल एक्सन लिनुपर्ने समय आएको तथ्य धितोपत्र बोर्डका उच्च अधिकारीहरु स्वीकार गर्दछन् । राष्ट्र … Continue reading ब्रोकर कम्पनी आफै बैंक चलाउँदै, नियमन कसले गर्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed