सिप्रदीको एक वर्षमा साढे १० अर्बको व्यापार गायब, कमर्सियल भेहिकलको ब्यवसाय नाजुक
काठमाडौँ । देशकै सबैभन्दा ठुलो गाडि बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङको ब्यवसाय इतिहासकै नाजुक अवस्थामा पुगेको छ । कुनै समय नेपाली अटो बजारमा ठुलो हिस्सा ओगट्ने सिप्रदीको व्यापार पछिल्लो समय निरन्तर खुम्चि रहेको हो । टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङको एक वर्षको अवधिमा साढे १० अर्ब व्यापार गायब भएको छ । इक्रा नेपालका अनुसार सन् २०२३ मा कम्पनीले १८ अर्ब ३० करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । जुन सन् २०२२ को तुलनामा ३६.७८ प्रतिशत अर्थात् १० अर्ब ६५ करोड १० लाख रुपैयाँले कम हो । सन् २०२२ मा कम्पनीले २८ अर्ब ९५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । देशमा आएको आर्थिक मन्दि र कोरोनाको समयमा समेत सन्तोषजनक व्यापार गरेको सिप्रदीको पछिल्लो समय ब्यवसाय निरन्तर खुम्चिन थालेपछि हो । कम्पनीको ब्यवसाय इतिहासकै खराब अवस्थामा पुगेको छ । कोरोना समय सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा १९ अर्ब ७० करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा ३१ अर्ब ३ करोड ५० लाख रुपैयाँको व्यापार कम्पनीले गरेको थियो । टाटाको गाडी बिक्री गर्ने आधिकारिक डिलर सिप्रदी ट्रेडिङले नयाँ भन्दै पुरानो गाडी बिक्री गर्ने गरेको खुलासा काठमाडौँ महानगरपालिकाले गरेको थियो । सोहि सिप्रदीको ब्यवसाय अहिले निकै संकट अवस्थामा पुगेको हो … Continue reading सिप्रदीको एक वर्षमा साढे १० अर्बको व्यापार गायब, कमर्सियल भेहिकलको ब्यवसाय नाजुक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed