हुन्डाईका गाडीमा आगो लाग्ने समस्या बढ्दै, पार्किङ मै जल्यो ‘ग्रान्ड आई १०’
काठमाडौँ । हुन्डाईले नेपालमा बिक्री वितरण गर्दै आइरहेका गाडीहरु गुणस्तरहीन रहेको तथ्यहरु बाहिर आइरहेको छ । कोरियाली बहुराष्ट्रिय गाडी निर्माता कम्पनी हुन्डाईका गाडिहरुको गुणस्तरमा गम्भिर समस्या देखि रहेको हो । गत बुधबार (भदौ १२ गते) गण्डकी मेडिकल कलेज नजिकै पार्किङमा राखेको हुन्डाई कम्पनीको ‘ग्रान्ड आई १०’ गाडिमा आगजनी भएको छ। गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरा महानगरपालिका–११ मा रहेको मेडिकल कलेज नजिकै पार्किङमा राखिएको गाडिमा एक्कासी आगो लागेपछि उक्त गाडी किनेका ग्राहकहरु सशंकित हुन पुगेका छन् । ‘ग्रान्ड आई १०’ नेपालमा ४० लाखभन्दा बढी बिक्री हुँदै आइरहेको छ । यहि बैशाख महिनामा पूर्वी नेपालको बिर्तामोडमा बीच सडकमै हुन्डाई कम्पनीको भेन्यू ब्राण्डको गाडी आफै आगो लागेर जेलर ध्वस्त भएको थियो । उक्त घटना नभएको केहि महिनामा नै पोखरामा पार्किङमा राखेको गाडिमा आगो धन्किएको हो । हुन्डाईका गाडी गुणस्तरहीन!, विर्तामोड सडकमा आफै बल्यो भेन्यू् नेपालमा बिक्री वितरण हुने होन्डाई कम्पनीका गाडीहरु भारतमा निर्मित भएपनि कोरियाली भनेर बिक्री वितरण हुँदै आएको छ । भारतबाट ल्याइएका होन्डाई कम्पनीका गाडीहरुमा अनेकौं कैफियतहरु भएपनि फिर्ता गर्न होण्डाईले अटेर गर्दै आएको छ भने नेपालस्थित आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि चासो देखाएको छैन । हुन्डाईका गाडिमा आगलागी हुने समस्या निरन्तर बढ्दो क्रममा रहेपनि कम्पनी यस्ता गल्ती सुधार गर्नुभन्दा घटना लुकाउन तिर लागि परेको देखिन्छ । हुन्डाई मोटरका लागि नेपालको … Continue reading हुन्डाईका गाडीमा आगो लाग्ने समस्या बढ्दै, पार्किङ मै जल्यो ‘ग्रान्ड आई १०’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed