के विद्युतीय कारका ब्याट्री छिट्टै बिग्रन्छन् ? यस्तो छ तथ्य

काठमाडौँ । विद्युतीय कारका ब्याट्रीहरू छिटो बिग्रन्छन्, केही वर्षमै फेर्नुपर्छ र त्यसका लागि महँगो लागत लाग्छ भन्ने मिथकले धेरैलाई अलमल्लमा पारेको छ। पछिल्लो समय नेपाली अटोबजारमा समेत यस्ता भ्रामिक कुराहरु आउने गरेका छन् ।जसले सर्वसाधारणले ईभी खरिद गर्नु नै खतरा रहेको प्रतिक्रिया दिन्छन् ।  यस्ता मिथकहरूले विद्युतीय सवारी साधनप्रतिको विश्वास घटाउने खतरासमेत उत्पन्न गरेको छ। तर वास्तविकता यसभन्दा फरक छ। विद्युतीय सवारी साधनको ब्याट्रीको वास्तविक प्रदर्शनबारे गरिएको अध्ययनले यस्ता मिथकहरूलाई खण्डन गरेको छ। व्यवस्थापन परामर्शदातृ संस्था पि३ ले गरेको अध्ययनले विद्युतीय कारहरूको वास्तविक डाटामा आधारित रहेर यो निष्कर्ष निकालेको हो। यो अध्ययनले विभिन्न ब्रान्डका ५० विद्युतीय सवारीसाधनको प्रत्यक्ष अवलोकन गरेपछि ७ हजार वटा कारहरूको विस्तृत डाटा विश्लेषण गरेको छ। पि३ को अध्ययनअनुसार विद्युतीय कारका ब्याट्रीहरूले पहिलो ३० हजार किलोमिटरको अवधिमा अपेक्षाकृत छिटो क्षयको सामना गर्छन्। नयाँ अवस्थामा १०० प्रतिशत ‘स्टेट अफ हेल्थ’ भएको ब्याट्री यो दूरीसम्म आइपुग्दा लगभग ९५ प्रतिशतमा झर्छ। यो क्षयको प्रमुख कारण भनेको ब्याट्रीमा एसईआई तह बन्नु हो। यो तह ब्याट्रीको चार्ज र डिसचार्ज हुने प्रक्रियामा अनिवार्य रूपमा बन्ने रसायनिक पदार्थको तह हो। तर, यसले सवारी साधनको प्रदर्शनमा लामो समयसम्म नकारात्मक प्रभाव पार्दैन। अध्ययनका अनुसार १ लाख किलोमिटर (६० हजार माइल) पछि ब्याट्रीको स्वास्थ्य लगभग ९० प्रतिशतको आसपास रहन्छ। यो बिन्दुपछि क्षयको गतिको कमी आउँछ। २ लाख देखि … Continue reading के विद्युतीय कारका ब्याट्री छिट्टै बिग्रन्छन् ? यस्तो छ तथ्य