ई-७ भिसामा हजारौं नेपाली युवा दक्षिण कोरिया लैजाने कुरा हावादारी, मार्शल ल’को लफडाले अर्को अन्योल

काठमाडौं । दक्षिण कोरियास्थित केही व्यापारी तथा नेपालका म्यानपावर कम्पनीहरुसँगको सेटिङमा ई-७ भिसामा नेपाली कामदार लैजाने ह्वीम मच्चाएर अर्बौं असुली गर्ने श्रम माफियाहरुको योजना हावादारी सावित भएको छ । विभागीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसमेतको मिलेमतोमा हजारौँ नेपाली युवायुवतीबाट अर्बौ रुपैयाँ उठाउने योजना बनेको थियो । जसका लागि ई-७ भिसाको कार्यविधि मस्यौदा बनाई श्रममन्त्री भण्डारीले सुझाव समेत मागेका थिए भने उक्त मस्यौदा छलफल र सहमतिका लागि परराष्ट्रमन्त्रालय समेत पठाइएको थियो । अंग्रेजी नयाँ वर्षको पहिलो महिना जनवरीको पहिलो हप्ताभित्रै दक्षिण कोयरियाबाट कामदारको विधा तथा विधिधिकरणको विवरणसहितको मागपत्र आउने हल्ला पिटेका श्रममन्त्री भण्डारी अहिले यो विषयमा बोल्न समेत छोडेका छन् । मन्त्रीले नै बोलेपछि बजारमा एक रकम उठाउने वातावरण बन्ने सोंचमा रहेका श्रम माफियाहरु अहिले पनि शक्तिकेन्द्र धाइरहेको बताइन्छ । तर, थोरै सेवा सुविधामा ईपीएसमार्फत घण्टौं काम गर्ने कामदार पाइरहेको कोरिया यहाँ श्रम माफियाले हल्ला गरेको जस्तो परिवारै लगेर जानमिल्ने ई-७ भिसाका लागि तत्पर नहुने श्रम मन्त्रालयका एक उच्च अधिकारीले बीमापोष्टलाई बताए । उनले भने, ‘कम सेवा सुविधामा ईपीएसमार्फत घण्टौं काम गर्ने कामदार पाइरहेको दक्षिण कोरियाले परिवारसहित लानमिल्ने ई-७ भिसामा नेपाली कामदार लगेर आफ्नो मुलुकमा अनावश्यक मान्छे भर्न चाहँदैन । यदि लानै खोजेको हो भने पनि त्यहाँको सरकारले अनुमति दिएको हुुनुपर्ने हो । मलाई त्यसो हो जस्तो लाग्दैन … Continue reading ई-७ भिसामा हजारौं नेपाली युवा दक्षिण कोरिया लैजाने कुरा हावादारी, मार्शल ल’को लफडाले अर्को अन्योल