कर्जा असुलीका नाममा मान्छे मार्दै लुम्बिनी विकास बैंक, कलिला बालकसहित परिवारलाई बनायो सडकको वास
काठमाडौँ । लुम्बिनी विकास बैंकले कर्जा असुलीका नाममा अमानवीय व्यवहार देखाउँदै एक महिलालाई परिवारसहित सडकमा पु¥याएको घटना सार्वजनिक भएको छ । विरगञ्ज ११ रानीघाटकी बबिता सराफ र उनका दुई साना छोरी अहिले बासको खोजीमा खुला आकाशमुनि बस्न बाध्य छन् । बैंकले नियम र कानुनको आडमा बबिताको घर–जग्गा लिलामी गर्दै उनलाई सुकुम्बासी बनाएको छ । तीन वर्षअघि बबिताका श्रीमानले सुन पसल सञ्चालन गर्न भन्दै लुम्बिनी विकास बैंकको पोखरिया शाखाबाट ३७ लाख रुपैयाँ ऋण लिएका थिए । तर, व्यापारले गति लिन नसक्दा ऋण तिर्न असमर्थ भएपछि बैंकले धितोमा राखिएको घर र जग्गा लिलामी गर्यो । बैंकले लिलामीमार्फत ५२ लाख रुपैयाँमा जग्गा र घर कब्जा गरेको छ, जुन वास्तविक बजार मूल्यभन्दा निकै कम हो र बबिताको अनुसार, उनका सम्पत्तिहरूको बजार मूल्य १ करोडभन्दा बढी थियो, तर बैंकले मूल्यांकन कम गरेर आफ्नो स्वार्थपूर्ति गरेको आरोप लगाइएको छ । बैंकले धितो राखिएको सम्पत्तिको मूल्यांकन गर्दा बबिताका श्रीमान् घरमा नभएको बेला यो प्रक्रिया अघि बढाएको पिडितले बताएकी छन् । मूल्यांकन कम गराएर लिलामी गर्नुका साथै बैंकले प्रहरी र वडा जनप्रतिनिधिलाई प्रयोग गरी बबितालाई घर निकाला गराएको छ । स्थानीय प्रशासनसमेत बैंकको पक्षमा उभिँदा, बबिता र उनका छोरीहरू घरबाट बाहिरिन बाध्य भएका छन् । नेपालको संविधानले गास, बास र कपासलाई प्रत्येक नागरिकको आधारभूत अधिकारको रूपमा व्याख्या गरेको … Continue reading कर्जा असुलीका नाममा मान्छे मार्दै लुम्बिनी विकास बैंक, कलिला बालकसहित परिवारलाई बनायो सडकको वास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed