काठमाडौं । वास्तविकभन्दा छ करोड ८८ लाख रुपैयाँ बढि दावी भुक्तानी दिई भ्रष्टाचारजन्य कार्यमा संलग्न राष्ट्रिय बीमा कम्पनीका तत्कालिन कामु सिईओ सुवास कोइराला, लेखा प्रमुख, दावी भुक्तानी विभागका तत्कालिन प्रमुख देवराज घिमिरे तथा सञ्चालक समितिका अध्यक्ष समेतलाई कारवाही गर्नुपर्ने बीमा प्राधिकरणको आफ्नै निर्णय कार्यान्वयन हुन नसकेको तथ्य बीमापोष्टले फेला पारेको छ । भेरी बबई सिंचार आयोजनाको दावी भुक्तानीको क्रममा ठेकेदार कम्पनी युआनटिआन–रमन जेभीसँग मिलेमतो गरी भएको छ करोड बढि भ्रष्टाचार काण्डमा बीमा प्राधिकरणले छानविन गरेको थियो । प्राधिकरणका उप निर्देशक बिराेध भट्टकाे नेतृत्वमा गरिएकाे छानविनको क्रममा त्रुटीपूर्ण दावी भुक्तानी भएको निष्कर्ष निकाल्दै राष्ट्रिय बीमा कम्पनीका तत्कालिन कामु सिईओ (हालका डेपुटी सिईओ) सुवास कोइराला, तत्कालिन सञ्चालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्याय तथा लेखा प्रमुख तथा दावी भुक्तानी विभागका प्रमुख समेतलाई कारवाही गर्नुपर्ने निष्कर्ष छानविन प्रतिवेदनमा उल्लेख गरिएको थियो । बीमा प्राधिकरणले गरेको छानविनको क्रममा भेरी बबई सिंचाई आयोजनामा जम्मा दुई करोड रुपैयाँ बराबरको मात्रै काम सम्पन्न भएको अवस्थामा बाढीले बगाएको थियो । ठेकेदार कम्पनीले कार्य सम्पन्न प्रतिवेदनमा जम्मा दुई करोड रुपैयाँ बराबरको मात्रै उल्लेख गरी आयोजनामा बुझाइएको थियो । बाढीले बगाएपछि ठेकेदार कम्पनीले राष्ट्रिय बीमा कम्पनीका तत्कालिन निमित्त सिईओ सुवास कोइरालासँग सेटिङ हाने । जम्मा दुई करोड रुपैयाँको मात्रै निर्माण सम्पन्न भएको आयोजनाका ठेकेदार रमन महतोले आठ करोड ८८ … Continue reading भेरी–बबईमा छ करोड भ्रष्टाचारमा संलग्न कोइरालासहितलाई निलम्बन गर्नुपर्ने बीमा प्राधिकरणकै प्रतिवेदन कार्यान्वयन भएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed