एक वर्षमा हिमालयन बैंकका सीईओ राणाको मोबाइल खर्च साढे १३ लाख
काठमाडौँ। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले आर्थिक वर्ष २०८०/०८१ मा तलब र भत्ताबापत २ करोड १५ लाख २ हजार ३२९ रुपैयाँ बुझेका छन्। बैंकको वार्षिक प्रतिवेदनअनुसार सीईओ राणाले तलबबापत १ करोड ८६ लाख, भत्ताबापत १५ लाख ५० हजार, टेलिफोन तथा मोबाइल खर्चबापत १३ लाख ४० हजार ३१ रुपैयाँ र विविध खर्चबापत १२ हजार २९८ रुपैयाँ बुझेका हुन्। त्यस्तै, सञ्चालक समितिले बैठक भत्ता, टेलिफोन खर्च र विविध खर्चबापत ३१ लाख ९९ हजार १५९ रुपैयाँ बुझेका छन्। बैंकका व्यवस्थापकहरुले तलब, भत्ता र अन्य सुविधाबापत ५३ करोड २५ हजार रुपैयाँ बुझेको पनि प्रतिवेदनमा उल्लेख छ। बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत र उप प्रमुख कार्यकारी अधिकृतलाई सवारी सुविधा, चालक, इन्धन तथा मर्मतको व्यवस्था गरिएको छ। उनीहरूको बिजुली(पानी खर्च र टेलिफोनको बिल पनि बैंकले नै व्यहोर्दै आएको छ। सञ्चालक र व्यवस्थापकले पाउने तलब तथा सुविधासम्बन्धी विवरण सार्वजनिक भएपछि बैंकको पारदर्शिताप्रति सकारात्मक सन्देश प्रवाह भएको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed