शिखर नगरपालिकाको गेटबाट सयौं सख्यामा गाईबस्तु छिरेपछि…….
काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिका आज गाईबस्तुले भरिभराउ बनेको छ । नगरपालिकाको गेटबाट सयौं सख्यामा गाई भित्र छिरेपछि यो स्थान अचानक गाईबस्तुको एक ठूलो जमघटमा परिणत भएको हो । यो अप्रत्याशित दृश्य स्थानीय बासिन्दा र नगरपालिकाका कर्मचारीहरूको बीचमा चकित र चासोको विषय बनेको छ । नगरपालिका क्षेत्रभित्र गौशाला राख्नका लागि नगरले ८ लाख रुपैयाँ दिने बताउँदै हरिप्रसाद बिनाडीलाई जिम्मा दिएको थियो । धुर्कोट वडा नं. ४ मा गौशाला बनाएका बिनाडीले तीन लाख मात्र प्राप्त गरेका थिए । उनले भने, ‘गौशाला बनाउनको लागि ८ लाख दिने भनेको थियो । मैले बनाएको गौशालाको रकम समेत नगरले दिएको छैन । ३ लाख दिएको थियो त्यो रकम गाईबस्तुका लागि खरमा मात्र खर्च भयो ।’ नगर भित्र रहेका ११ वटै वडाका गाई संकलन गराउन भन्ने तर रकम नदिने गरेको उनको गुनासो रहेको छ। हरिप्रसाद बिनाडीले आफ्नो गुनासो राख्दै भने, ‘नगरपालिकाले कुनै पनि व्यवस्थापन गरेको छैन । एक्लैले दुईदेखि तीनसय गाईबस्तु पालन गर्नु सम्भव छैन । त्यसैले मैले गाईबस्तु नगरपालिकाको गेटमा ल्याएर छोड्न थालेको हुँ ।’ उनका अनुसार, हेरचाहका लागि सल्लाह दिइएका कर्मचारीहरू वा गोठालाहरूको अभावमा गाईबस्तुको व्यवस्थापन गर्न कठिनाइ भई रहेको छ । बिनाडीका अनुसार नगरपालिकाले गाईबस्तुका लागि आवश्यक कुनै पनि आधारभूत संरचनाका लागि रकम भुक्तानी नगरेको जसले गर्दा स्थिति थप जटिल बनिरहेको छ … Continue reading शिखर नगरपालिकाको गेटबाट सयौं सख्यामा गाईबस्तु छिरेपछि…….
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed