साइपालमा बैंक शाखा उद्घाटन गर्न पुगे गर्भनर अधिकारी, स्थानियहरु प्रफुल्ल
काठमाडौँ । बझाङ जिल्लाको साइपाल गाउँपालिका बैंकिङ पहुँचमा प्रवेश गरेको छ। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एभरेष्ट बैंकको शाखा कार्यालय उद्घाटन गर्ने साइपाललाई पुगेका हुन् । यो गाउँपालिकामा यसअघि कुनै पनि बैंकको शाखा थिएन। गर्भनर अधिकारी हेलिकप्टर चढेर साइपाल पुगेपछि स्थानीयहरूले बाजागाजा र उत्साहका साथ उनलाई स्वागत गरेका थिए। साइपाल गाउँपालिकामा बैंक सञ्चालनको सुरुवातसँगै नेपालभरका ७५३ स्थानीय तहमा बैंकिङ सेवा पुग्ने लक्ष्यमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। नेपाल राष्ट्र बैंकले २०७४ सालमै साइपालमा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई तोकेको भए पनि शाखा खोल्न ढिलाइ भएको थियो। दुर्गम क्षेत्रमा आधारभूत पूर्वाधारको अभाव प्रमुख चुनौती बनेको बैंकरहरूको भनाइ थियो। साइपालमा हालसम्म सडक, विद्युत्, इन्टरनेट तथा सञ्चारको सुविधा पूर्ण रूपमा विस्तार हुन सकेको छैन। त्यस्तै, भवन तथा शान्ति सुरक्षाको प्रत्याभूति पनि नहुँदा बैंक शाखा खोल्न कठिनाइ भएको बैंकरहरूको धारणा थियो। गाउँपालिका तथा स्थानीय निकायका प्रतिनिधिहरूले बैंकिङ सेवाको सुरुवातलाई ऐतिहासिक कदमका रूपमा लिएका छन्। साइपालमा बैंकिङ सेवा सञ्चालनले स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। स्थानीय व्यापारी, कृषक तथा उद्यमीहरू बैंकको सेवा उपलब्ध भएपछि आर्थिक कारोबार सजिलो हुनेमा आशावादी छन्। बैंकिङ सेवाको अभावले स्थानीय बासिन्दालाई आर्थिक कारोबारका लागि जिल्लाको अन्य ठाउँमा जानुपर्ने बाध्यता थियो। एभरेष्ट बैंकको शाखा खुलेसँगै स्थानीयहरूले निक्षेप, ऋण, भुक्तानी सेवा जस्ता सुविधा घर नजिकै पाउने छन्। गाउँपालिकाका … Continue reading साइपालमा बैंक शाखा उद्घाटन गर्न पुगे गर्भनर अधिकारी, स्थानियहरु प्रफुल्ल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed