हाइड्रोमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् सूचीकृत ८९ मध्ये कुनको नाफा, इपिएस र नेटवर्थ कति ?
काठमाडौँ । पछिल्लो समय दोस्रो बजारमा हाइड्रोपावर कम्पनीको शेयर लगानीकर्ताहरुका लागि मुख्य आकर्षण बनेको छ । पुँजी बजारमा हाइड्रोपावर समूह सर्वाधिक कारोबार हुने पहिलो स्थानमा रहेको छ । पुष मसान्तसम्ममा कुल कारोबारमा हाइड्रो क्षेत्रको योगदान ३५.६ प्रतिशत पुगेको छ । यस अवधिमा हाइड्रोपावर कम्पनीहरुको ३ खर्ब ६० अर्ब ८७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेमा सूचीकृत ८९ मध्ये अधिकांश हाइड्रोपावर कम्पनीको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिनामा (साउनदेखि पुषसम्म) हाइड्रोपावर कम्पनीहरुले नाफा, प्रतिशेयर आम्दानी लगायतका वित्तीय सूचकमा उल्लेख्य सुधार गरेका छन् । शेयर बजारमा राम्रो प्रदर्शन गरिरहेका यी कम्पनीहरुले लगानीकर्ताको ध्यान आकर्षित गरेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हाइड्रोपावर कम्पनीहरुले ३ अर्ब ९० करोड ४९ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.५९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा हाइड्रोपावर कम्पनीहरुले २ अर्ब ७३ करोड ८४ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका थिए । पछिल्लो समय हाइड्रोपावर कम्पनीको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको देखिन्छ । पहिले कमजोर वित्तीय सूचकमा कहलिने हाइड्रो क्षेत्र अहिले सकारात्मक फड्को मार्दै अगाडि बढिरहेको छ । वित्तीय सूचकहरुमा सुधारसँगै लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ । लगानीकर्ताले हाइड्रोपावर कम्पनीहरुबाट उच्च प्रतिफलको अपेक्षा … Continue reading हाइड्रोमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् सूचीकृत ८९ मध्ये कुनको नाफा, इपिएस र नेटवर्थ कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed