‘सानिमा फ्लेक्सी फण्ड’ को इकाई बिक्री खुला
काठमाडौं । सानिमा क्यापिटलले आज फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सी फण्ड’ को इकाई सार्वजनिक निष्कासनमा ल्याएको छ। यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको योजना हो जसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिन्छ। फण्डको कुल आकार १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई रहेको छ। पहिलो चरणमा ४ करोड इकाई बिक्री खुला गरिँदैछ जसमा १ करोड ३० लाख इकाई सानिमा बैंकका लागि र २० लाख इकाई सानिमा क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी २ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधि भित्र सबै इकाई बिक्री नभएमा फागुन २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट अुनमति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर अनलाइन प्रणाली मार्फत् आवेदन दिन सक्नेछन्। यस फण्डलाई क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले ‘इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट’ तथा योजना व्यवस्थापकलाई ‘इक्राएनपि एएमसि क्वालिटी ३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले योजना व्यवस्थापनमा पर्याप्त विश्वास रहेको संकेत गर्छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed