नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला, कस्तो छ कम्पनीको वित्तीय अवस्था?
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गते अर्थात आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषहरूलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ। यस्तै, कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले अब बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले फागुन १५ गतेसम्म उक्त आइपिओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ। नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ पाउन लगानीकर्ताले पनि भाग्यकै भर पर्नुु पर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता मात्र … Continue reading नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला, कस्तो छ कम्पनीको वित्तीय अवस्था?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed