प्रतिकित्ता १०० रुपैयाँमा झण्डै ९ लाख कित्ता शेयर बेच्दै ङादी, सबैले किन्न पाउने

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले फागुन २० गतेदेखि ८ लाख ७३ हजार ६१ दशमलव २५५ कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा ल्याउने भएको छ। कम्पनीले सबैले किन्न पाउने गरी शेयर बिक्रीमा ल्याउन लागेको हो। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर खरिदका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति फागुन २८ गते रहेको छ। इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। यस्तो बोलपत्र नक्सालस्थित सिद्धार्थ क्यापिटलका साथै सिद्धार्थ बैंकका विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा पाइँनेछ। कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।