ग्यास उद्योगीहरूको गैरकानुनी हड्तालले सर्वसाधारणलाई सास्ती, सरकार मुकदर्शक
काठमाडौँ । नेपालमा खाना पकाउने ग्यास उद्योगीहरूले आफ्नो माग पूरा गराउन आन्दोलन चर्काएपछि सर्वसाधारणले ठूलो सास्ती भोग्नु परेको छ । नेपाल एलपी ग्यास उद्योग संघले ढुवानी लागत, डिलर कमिसन तथा अन्य खर्च वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन थालेपछि बजारमा ग्याँसको अभाव देखिन थालेको हो । उद्योगीहरूको यो कदमले उपभोक्ताको चुलो नै ठप्प पार्ने खतरा उत्पन्न भएको छ । सरकारले एलपी ग्यासलाई अत्यावश्यक वस्तु सूचीमा राखेको छ, जसअनुसार यसको आपूर्ति रोक्न वा हड्ताल गर्न पाइँदैन । तर, उद्योगीहरू आन्दोलित भएपछि ग्यासको अभाव सिर्जना भएको छ । सरकारको राजपत्रमा समेत ग्यास आपूर्ति ठप्प पार्ने निर्णयलाई गैरकानुनी ठहर गरिएको छ । तर, उद्योगीहरूले कानुनी दायराभन्दा बाहिर गएर आन्दोलन गर्दै सर्वसाधारणलाई मर्का पु-याइरहेका छन् । नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले विभिन्न चरणका विरोध कार्यक्रम सार्वजनिक गरेको छ। माघ २४ मा आन्दोलनको घोषणा गर्दै माघ ३० देखि नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर खरिद नगर्ने, फागुन ६ देखि भारतको इन्डियन आयल कर्पोरेसनबाट ग्यास लोड नगर्ने तथा फागुन १२ देखि भारतबाट आएको ग्यास नेपालमा प्रवेश गर्न नदिने काम उद्योगीहरूबाट भएको हो । संघले आफूहरूको माग सम्बोधन नभएको भन्दै फागुन १८ बाट देशभर अनिश्चितकालीन हड्ताल गरेको छ । यस्तो अवस्थामा उपभोक्ताहरूले अझ बढी सास्ती भोग्नु परेको छ भने बजारमा … Continue reading ग्यास उद्योगीहरूको गैरकानुनी हड्तालले सर्वसाधारणलाई सास्ती, सरकार मुकदर्शक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed