हकप्रद र मर्जर प्रस्ताव सहित सिन्धु विकास बैंकको साधारणसभा आज बस्दै
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १४औं र १५औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा धुलिखेलको मिराबल रिसोर्टमा ११ बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको २ः१ (५० प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमालीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ। त्यसैगरी गत दुई आवको वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारश्रमिक अनुमोदन गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक भरत बहादुर कार्कीको नियु्िक्त अनुमोदन गर्ने प्रस्ताव पनि पेश गरिनेछ। सभा प्रयोजनार्थ बैंकले फागुन १५ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed