सिन्धु विकास बैंकको वार्षिक साधारण सभा किन भयो स्थगित ?

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १४औं र १५औं वार्षिक साधारण सभा कोरम संख्या नपुगेपछि स्थगित भएको छ। धुलिखेलको मिराबल रिसोर्टमा बिहान ११ बजेका लागि बोलाइएको सभा आवश्यक उपस्थिति नपुगेपछि स्थगित गर्नुपरेको बैंक स्रोतले जनाएको छ। सभामा हाल कायम चुक्ता पूँजीको २ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रियालाई अघि बढाउने तथा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावहरू पेश गरिने तयारी थियो। तर, शेयरधनीहरूको न्यून सहभागिताका कारण सभा सञ्चालन सम्भव नभएपछि अर्को मिति तय गर्ने निर्णय गरिएको छ। यसअघि, बैंकले सभाका लागि फागुन १५ गते बुक क्लोज गरिसकेको थियो। बुक क्लोजको आधारमा फागुन १३ गतेसम्म कायम रहेका शेयरधनीहरूलाई सभामा भाग लिन दिने निर्णय गरिएको भए पनि आवश्यक संख्यामा शेयरधनी उपस्थित नभएका कारण बैंकले सभा स्थगित गर्नुपरेको हो। बैंकको वित्तीय स्थिति पनि संकटपूर्ण देखिएको छ। पछिल्लो समय नाफा कम हुँदै गएको, कर्जाको असुली चुनौतीपूर्ण बन्दै गएको तथा पूँजी अभावका कारण बैंकले हकप्रद शेयर निष्कासनको योजना अघि सारेको देखिन्छ। तर, साधारण सभामा न्यून उपस्थिति हुनुले शेयरधनीहरू बैंकको भविष्यप्रति विश्वस्त नभएको संकेत गरेको छ। सिन्धु विकास बैंकले वित्तीय वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा स्वतन्त्र सञ्चालक भरत बहादुर कार्कीको नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरू समेत सभामा पेश गर्ने तयारी गरेको थियो। अब स्थगित … Continue reading सिन्धु विकास बैंकको वार्षिक साधारण सभा किन भयो स्थगित ?