अबैध कार्य गरिरहेको चौधरी ग्रुपलाई झड्का, चुनढुङ्गा उत्खनन कार्य रोकिएपछि स्थानीयको संघर्ष सफल

काठमाडौं । सत्ता र शक्तिको आडमा अवैध रूपमा चुनढुङ्गा खानी उत्खनन गर्दै आएको चौधरी ग्रुपलाई ठूलो झटका लागेको छ । रोल्पाको रुन्टिगढी–६ खारास्थित चुनढुङ्गा खानी स्थानीयवासीको तीव्र विरोधपछि बन्द गरिएको छ । मापदण्ड र कानुनी प्रक्रियालाई बेवास्ता गर्दै सञ्चालन गरिएको उत्खनन कार्य रोकिएपछि स्थानीयवासीले लामो संघर्षको पहिलो सफलता हात पारेका छन् । समूह अन्तर्गतको सम्राट सिमेन्ट प्रालिले वातावरणीय तथा कानुनी मापदण्ड पुरा नगरी ६ वर्षदेखि खानी उत्खनन गर्दै आएको थियो । नेपाली कांग्रेसका सांसद विनोद चौधरीको स्वामित्व रहेको कम्पनीले सरकारको संरक्षणमा अवैध उत्खनन गर्दै आएपछि स्थानीय समुदाय निरन्तर आन्दोलनरत थिए । तर, उनीहरूको मागलाई पटक–पटक बेवास्ता गरिएको थियो । स्थानीयवासीले खानी उत्खननका कारण वातावरणीय असर, जमिन धसिने समस्या र जलस्रोतमा प्रत्यक्ष प्रभाव परेको गुनासो गर्दै आएका थिए । अवैध रूपमा सञ्चालन गरिएको खानी तत्काल बन्द गर्नुपर्ने माग गर्दै स्थानीयले विभिन्न चरणमा आन्दोलन चर्काएका थिए । तर, सत्ता पक्षसँग निकटता राख्ने चौधरी ग्रुपले राजनीतिक पहुँचको दुरुपयोग गर्दै उत्खनन जारी राखेको स्थानीयको आरोप लगाएका थिए । चुनढुङ्गा खानी बन्द भएपछि स्थानीयवासीले राहतको महसुस गरेका छन् । तर, उनीहरूले खानी सम्बन्धी कानुनी प्रक्रिया पूरा नगरी पुनः उत्खनन सुरु गरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । चौधरी ग्रुपले लामो समयदेखि सत्ता र शक्तिको आडमा उद्योग सञ्चालन गर्दै आएको भन्दै स्थानीयले सरकारलाई पनि गम्भीर … Continue reading अबैध कार्य गरिरहेको चौधरी ग्रुपलाई झड्का, चुनढुङ्गा उत्खनन कार्य रोकिएपछि स्थानीयको संघर्ष सफल