फोर्ड ब्रान्डका गाडी बिक्री हुनै सकस, व्यापार घट्दा आकाश गोल्छाको कम्पनी धरापमा
काठमाडौँ । नेपाली अटो बजारमा फोर्ड र काई ब्रान्डका गाडी बिक्रीमा समस्या उत्पन्न भएको तथ्याङ्कले पुष्टि गरेको छ । कम्पनीका गाडीहरूको गुणस्तर कमजोर हुँदा र दुर्घटनाका घटनाहरू बढ्दै जानाले उपभोक्ताले यी गाडीहरूको खरिद गर्नबाट हिच्किचाउने गरेको देखिन्छ । पछिल्लो समय फोर्ड र काईका गाडीहरूमा गुणस्तरका समस्याहरू देखा परेका छन् । गाडीका इन्जिन, निर्माण दोष र सुरक्षा सुविधामा कमजोरीका कारण दुर्घटनाका घटनाहरू बढेका छन् । खासगरी, गाडीका सेफ्टी फिचरहरू एबीएस, एयरबैग्स र ब्रेक प्रणालीले अपेक्षित काम नगरेकोले दुर्घटनाहरूको सम्भावना उच्च भएको देखिएको छ । यस्ता समस्याले उपभोक्तामा असन्तुष्टि र चिन्ता पैदा गरेका छन्, जसले गर्दा उनीहरू फोर्ड र काईको गाडी किन्ने इच्छा घटाएका छन् । दुर्घटनाका घटनाहरूले पनि यी ब्रान्डको खराब छवि बनाउनमा ठूलो भूमिका खेलेको छ । उदाहरणको लागि हालै काठमाडौँको धोबिखोलामा एउटा फोर्ड गाडी दुर्घटनाग्रस्त भएको छ । उक्त घटनामा सवारी चालकले गाडीको निर्माणमा केही समस्या र गाडीको कामकाजी अवस्थामा कमी भएको कुरा जनाएका थिए । यस घटनापछि, गाडीको सुरक्षितता र गुणस्तरमा प्रश्न उठ्न थालेको छ । गत वर्ष मातातिर्थको उकालोमा गाडी ब्याक हटेर दुर्घटनाग्रस्त भएको थियो, जसमा एक डाक्टर परिवार शोकमा परेको थियो । यसले गाडीको सुरक्षितता र गुणस्तरमा सुधारको आवश्यकता थप महसुस गराएको छ । फोर्ड र काईले गुणस्तरको सामना गर्दै आइरहेको हुँदा कम्पनीका गाडी बिक्री वितरण … Continue reading फोर्ड ब्रान्डका गाडी बिक्री हुनै सकस, व्यापार घट्दा आकाश गोल्छाको कम्पनी धरापमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed