५३ लाखमा किनेको ‘सेरेस थ्री’ गाडीको मर्मत खर्च १ करोड ५० लाख
काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय गाडीप्रतिको आकर्षण बढ्दो छ । ईभी गाडीको व्यापार उल्लेख्य रुपमा बढ्दै जाँदा पेट्रोलियम इन्धन गाडी बिक्री हुनै सकस भइरहेको छ । ईभी गाडीमा ग्राहक झुम्मिदै गर्दा पछाडि लुकेका जटिलता, खर्चिलो मर्मत र बिक्रीपछिको कमजोर सेवा प्रणालीबारे भने पर्याप्त छलफल भएको छैन । यस्तै एउटा घटना काठमाडौँमा देखिएको छ, जहाँ एक जनाले किनेको विद्युतीय गाडी मर्मत गर्न खरिद मूल्यभन्दा तीन गुणा बढी रकम तिर्नु परेको छ । राजेश न्यौपानेले केही महिनाअघि मात्रै ५३ लाख रुपैयाँ खर्च गरेर ‘सेरेस थ्री’ मोडलको विद्युतीय कार किनेका थिए । सेरेस ब्रान्डको गाडी नेपालमा एमएडब्लु वृद्धि मोटर्सले बिक्री वितरण गर्दै आएको छ । सुरुमा गाडी खरिद गर्दा उनले आराम, प्रविधि र वातावरणमैत्री यातायातको सपना देखेका थिए । तर, त्यो सपना केही महिनामै बाढीले बगायो अनि त्यसपछि सुरु भयो दुःखद वास्तविकताको यात्रा । गत असोज १२ गते काठमाडौँ उपत्यकामा आएको अविरल वर्षाले शहरका धेरै स्थान डुबानमा परे । बालकुमारीस्थित हिल भ्यू हाउजिङमा पार्किङमा राखेको न्यौपानेको गाडी पनि त्यसै दिन डुब्यो । डुबानपछि गाडीको अवस्था अत्यन्तै नाजुक भयो—मोटर, च्यासिस, ब्याट्रीजस्ता महत्वपूर्ण अङ्गहरु पूर्णरूपमा काम नलाग्ने अवस्थामा पुगे । उक्त गाडीको बीमा नेको इन्स्योरेन्स कम्पनीमा गरिएको थियो । डुबेको गाडी हेर्न एमएडब्लु वृद्धि मोटर्सको सर्भिस टिम घटनास्थलमै पुग्यो । गाडीलाई वर्कशपसम्म ल्याइयो । … Continue reading ५३ लाखमा किनेको ‘सेरेस थ्री’ गाडीको मर्मत खर्च १ करोड ५० लाख
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed