गभर्नर नियुक्ती काण्डले सत्ता गठबन्धन संकटमा ! ओली र देउवाबीचको छलफल डा. भट्टमा केन्द्रीत
काठमाडौं । गभर्नर नियुक्तीको बिषयमा सत्ता गठबन्धनभित्र चर्को असन्तुष्टी बढेको छ । यसअघि कांग्रेसको भागमा परेको बीमा प्राधिकरणको अध्यक्षको पद धरापमा परेपछि गभर्नरमा आफ्नो मान्छे हुनुपर्ने अडान कांग्रेसले दह्रो बनाएपछि प्रधानमन्त्री गम्भिर असमन्जस्यमा पर्नु भएको विश्वस्त स्रोतले जनाएको छ । गभर्नर काण्डले गठबन्धनमै संकट पर्ने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज यसै बिषयमा छलफल भएको छ ।नयाँ गभर्नर नियुक्ती सम्बन्धमा सत्ता गठबन्धनभित्रैबाट समेत चर्को विरोध भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गर्भनरको बिषयमा आज गम्भिर छलफल भएको उच्च राजनीतिक स्रोतले बीमापोष्टलाई जानकारी दिएको छ । बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्ती गर्न अनेक जोडबल गरेर अघि बढाएका देउवाले अहिले गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन बढी जोड गरिरहेको कांग्रेस निकट एक नेताले बताएका छन् । यता, प्रधानमन्त्री केपी शर्मा ओली भने निलम ढुंगानालाई गभर्नर बनाउनुपर्छ भन्ने अडानमा रहेका छन् । स्रोतका अनुसार गभर्नर नियुक्तीका लागि कांग्रेसको भागमा परेको र बाहिर चर्को विवाद बढेकोले डा. गुणाकर भट्टलाई गभर्नर बनाउनुपर्ने बिषयमा छलफल भएको बुझिएको छ । स्रोतका अनुसार अन्तिम छलफल भने हुन बाँकी छ । उता, एमालेभित्र भने गभर्नर कांग्रेस निकटलाई दिन नहुने भन्दै विरोध सुरु भएको छ । जसले सत्ता गठबन्धन नै पनि अप्ठेरोमा … Continue reading गभर्नर नियुक्ती काण्डले सत्ता गठबन्धन संकटमा ! ओली र देउवाबीचको छलफल डा. भट्टमा केन्द्रीत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed